नेपाल एक कृषि प्रधान देश हो । जहाँ ६५ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ। बिडम्बना यों छ कि जनता कृषि कार्य छोडेर बिदेश जान तयार हु्न्छन । नेता, पार्टी सबै कृषि उत्पादनना जान मन गर्दैनन्।
ग्रामीण जनसङ्ख्या दिन प्रतिदिन घट्दै जादैछ जसको परिणाम उत्पादन घट्नु हो। नेपालमा ग्रामीण जनसङ्ख्या ३३.८३ प्रतिशत छ। ग्रामीण जनजीवन जबसम्म दरो र आत्मनिर्भर बन्दैन तब सम्म देश विकास हुँदैन । ८०% भुभाग ग्रामीण क्षेत्रमा पर्दछ तर जनसङ्ख्या अत्यन्तै कम छ । जसको नतिजा उत्पादन कम र आयात बढी छ । हामीले आफुलाई पुग्ने उत्पादन आफैले नगरे सम्म देश खाद्दसंकटमा पर्ने देखिन्छ । कृषि उत्पादनमा आत्मनिर्भर हुनु आवश्यक छ । यसको लागि ग्रामीण बस्ती बसाउनु नै पर्छ ।
जब सम्म गाउँको विकास हुँदैन तब सम्म देश विकास हुँदैन । यो चाही सबैमा चेतना हुनु पर्दछ । ग्रामीण समस्या पुरा नगरी कसैले पनि देश विकासको नारा दिनु गलत हो। गाउँले जिवन सरल सहज र सबल हुनु नै देश शसक्त छ भन्नु हो ।
सबैमा चेतना आओस्।
